Dhulikhel Eco Banner new

महालक्ष्मी लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

7.22K
shares

काठमाडौं, २७ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल माघ २७ गतेदेखि कारोबार सुरु गरेको जीवन बीमा क्षेत्रको सबैभन्दा कान्छो कम्पनीका रुपमा रहेको महालक्ष्मीले आफ्नो चार वर्षको यात्रा पुरा गरेर पाँचौँ वर्षमा प्रवेश गरेको हो ।

कान्छो कम्पनीको रुपमा बीमा बजारमा आउँदै गर्दा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती सामना गर्नु परेको कम्पनीले जनाएको छ । महालक्ष्मी लाइफले स्थापना पछिका दुई वर्ष कोरोनाका कारणले शाखा सञ्जाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु परेको थियो ।

नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसायसँगै कम्पनीको विश्वसनियता बृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले जानकारी दिए । ‘प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन ग¥यौं । कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धिसँगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौ,’ सीईओ भट्टराईले भने । यी यावत विषयको परिणाम बाट नै कम्पनी प्रत्येक वर्ष मूनाफा सँगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको उनले बताए ।

कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९÷८० को पुस मसान्तसम्ममा चुक्ता पुँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पुँजी बृद्धि गर्न निर्देशन दिए पछि महालक्ष्मी अहिले प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढीरहेको छ । भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याकंन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनीका सीईओ भट्टराईले बताए ।

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।