Dhulikhel Eco Banner new

लघुवित्तीय संस्थाविरुद्ध अझ कडा संघर्ष गर्ने संघर्ष समितिको चेतावनी

19.27K
shares

काठमाडौं, १८ जेठ । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले लघुवित्तीय संस्थाविरुद्ध अझ कडा संघर्ष गर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आर्थिक र सामाजिक शोषणलाई प्रषय दिने राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक न्यायको आन्दोलन मार्फत खबरदारी समेत गर्ने बताएका छन् ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त क्षेत्रले गरेको चरम आर्थिक र सामाजिक शोषणबाट मुक्त हुन नसकिएको बताए ।

उनले भने ‘ सुधारका कार्यक्रमले लघुवित्त क्षेत्रले गरेको चरम आर्थिक र सामाजिक शोषणबाट मुक्त हुन भने सकिदैन । यसको लागि कडा संघर्षको तयारी गर्नपर्ने बाध्यकारी अवस्थामा हामी पुगिरहेका छौं। राज्यले अहिले चलाईरहेको भ्रष्टाचार विरुद्धको अभियान सकारात्मक छ । यसलाई २०४८ सालदेखि हालसम्मका सम्पूर्ण हत्याकाण्ड र भ्रष्टाचारका मुद्धालाई सार्वजनिक गरी भ्रष्टाचार विरुद्धको अभियानलाई अगाडि बढाउन आवश्यक छ । ’

आफ्नो मागहरु सम्बोधन नहुने हो भने आन्दोलनलाई राजनीतिक दल तथा सम्बन्धित सांसद, मन्त्रीहरुले सिंहदरबार, बालुवाटार, संघीय संसद र राष्ट्रिय सभाका साथै गाउँबस्ती र टोल–टोलमा चर्चाको विषय बनाउने ज्ञवालीको भनाइ छ ।

उनले अझैपनि ठूला राजनीतिक पार्टीले केन्द्रदेखि टोलसम्म नै मौन रहेर तथा आन्दोलनको महत्व नबुझेर लघुवित्त पीडितहरुमाथि उल्टो भ्रम छरिरहेको आरोप लगाए ।