Dhulikhel Eco Banner new

सरकार स्वास्थ्य क्षेत्रमा निकै कमजोर देखियो : स्वास्थ्य मन्त्री बस्नेत

4.62K
shares

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्ति जन्य पदार्थमा ट्याक्स बढाउने कुरामा विभिन्न किसिमको चलखेल भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित डिप्लोमा ईञ्जिनियर्स एशोसिएसन नेपाल डीनको ४३ औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक कार्यशालामा मन्त्री बस्नेतले सरकारले सूर्तिजन्य पदार्थमा १० प्रतिशत भन्दा बढी ट्याक्स बढाउन नसकेको बताए ।

उनले भने ‘मैले बारम्बार क्याविनेटमा कुरा उठाएको थिए, प्रधानमन्त्री,अर्थमन्त्रीसंग कुरा राखे, तर सूर्तिजन्य पदार्थमा ट्याक्स बढाउने कुरामा विभिन्न किसिमको चलखेलको कारणले सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुको कारणले, हाम्रा मान्छेको कमजोरीको कारणले १० प्रतिशत भन्दा बढी ट्याक्स बढाउन सकेन् । नेपालको संविधानले स्वास्थ्य र शिक्षा निशुल्क जनताले पाउने अधिकार भनेको छ । जनतालाई चाही यो अधिकार दिएका छौं तर जनताले चाहीँ प्रयोग गर्न सकिरहेका छैनौं । यतिसम्म सरकारको कमजोरी देखियो । ’

सरकार स्वास्थ्य क्षेत्रको मामिलामा निकै नै कमजोर देखिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्री बस्नेतले सरकारले जनताको हक हितमा गरेको काम र दिएको अधिकारलाई जनताले अहिलेसम्म पनि प्रयोग गर्न नसकेको बताए ।

उनले भने ‘नेपाल सरकारले १० प्रतिशत प्रत्येक हस्पिटलका बेडहरु विपन्न असहाय वेवारिसेलाई दिनुपर्छ भनेर निर्णय गरेको छ । तर त्यसलाई अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैनौं । ’ उनले कतिपय स्वास्थ्य संस्था वेवारिसे अवस्थामा भएको र जनताको भावनासंग खेल्ने काम गरेको जिकिर पनि गरे ।