आर्थिक संकटपछि आत्महत्या गरिन् ‘जलपरी’ले
वि.सं.२०८० कात्तिक २३ बिहीवार १६:५५
21.91K
shares
shares

काठमाडौं, २२ कात्तिक । मोडल दिपाशा बिसी ‘जलपरी’ को बिहीबार काठमाडौंमा निधन भएको छ ।
बुधबार बेलुका बिरामी परेको उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको उनको निकटस्थहरुको भनाई छ ।
म्युजिक भिडियोमा सक्रिय दिपाशा व्युटीपार्लर सञ्चालक पनि हुन् । पछिल्लो समय मिटरब्याजमा पैसा लिएकी दिपाशाले समयमा किस्ता बुझाउन नसक्दा तनाबमा रहेको उनी निकटका व्यक्तिको भनाई छ ।
भिडियाेकाे अतिरिक्त केही फिल्ममा पनि अभिनय गरेकी छिन् । बिरानो माया, चाल, दुलही रानी, उनले अभिनय गरेका फिल्म हुन् ।


















