Dhulikhel Eco Banner new

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

4.59K
shares

चितवन, २४ पुस । उद्योग वाणिज्य संघ चितवनको मंगलबार बिहान सकिएको मतगणना अध्यक्ष पदमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठले एक हजार ५१५ मतले अध्यक्षका प्रत्यासी शिरीष पन्तलाई हराएर विजयी भएका हुन्। पन्तले आठ सय ४३ प्राप्त गरेका थिए।

यस्तै, निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी उपाध्यक्ष वाणिज्यतर्फ, राजेन्द्र ओली, उपाध्यक्ष उद्योगतर्फ अशोक अधिकारी, उपाध्यक्ष कर्पोरेटतर्फ नारायण प्रधान निर्वाचित भएका छन्।

कुल दुई हजार ९७४ मत रहेको चितवन उद्योग वाणिज्य संघमा सोमबार भएको मतदानमा दुई हजार ४१४ मत खसेको थियो । अधिवेशनले कुल २५ सदस्यीय कार्य समिति गठन गर्दछ । तीमध्ये सातजना निर्विरोध भएका थिए भने १८ जनाका लागि मतदान भएको हो ।

मतदानबाट कार्य समितिमा निर्वाचित सदस्यहरूमा उद्योग तर्फबाट अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी र शंकर अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी वाणिज्य तर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुसाल र सुनिता लिगल कर्मचार्य चयन भएका छन् । महिला सदस्य तर्फ अस्मिता तिमिल्सिना विजयी भएकी छन् ।

अध्यक्षमा विजयीभएसगैँ अध्यक्ष श्रेष्ठ चितवनको आर्थिक विकासका लागि आफू नयाँ ढंगले अगाडी बढ्ने बताए । उनले वयवसायीहरुको हकहितसगैँ आर्थि चलायमानका लागि नयाँ रणनीति अबलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् ।