GBIME

एनएमबि बैंक र युएसएआईडीद्वारा विराटनगरका उद्यमीलाई डिजिटल साक्षरता

378
shares

विराटनगर, २४ पुस । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी)सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी, व्यवसाय वृद्धि, दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिबारे जानकारी गराएको बैंकले जनाएको छ । कार्यक्रममा ११० भन्दा बढी सहभागी भएका थिए ।

बैंकले देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टर रहेको छ ।