Dhulikhel Eco Banner new

अपि पावर कम्पनीले विद्युत बिक्रीमाफर्त कमायो १ अर्ब २४ करोड आम्दानी

2.03K
shares

काठमाडौं, ३० साउन । अपि पावर कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोे तुलनामा बढेको छ ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा ९३२.११ प्रतिशत बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको खुद नाफा पनि उच्च दरमा बढेको हो।

अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपैयाँ मात्र थियो । कम्पनीले विद्युत बिक्रीमाफर्त १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७९.५८ प्रतिशत बढी हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। कम्पनीको यस्तो आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ।

कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेको छ।

५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५६ करोड ३१ लाख रुपैयाँ रहेको छ।