Dhulikhel Eco Banner new

महानगरले विद्यालयलाई स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न निर्देशन

2.02K
shares

काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिकाले आफू मातहतका विद्यालयलाई स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र बनाउने उद्देश्यका साथ महानगरले यस्तो आग्रह गरेको हो ।

केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छु, महानगरले एक सूचनामार्फत भनेको छ ।