यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२४
shares

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको होे ।
युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।


















