Dhulikhel Eco Banner new

एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

4.23K
shares

काठमाडौं, २४ पुस । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा सम्पन्न साधारण सभामा सञ्चालक, शेयरधनी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभामा सहभागी शेयरधनीहरूले बैंकको कार्यसम्पादन, वित्तीय अवस्था तथा आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। साथै, बैंकको कुल निक्षेप संकलन २८३.६५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २४३.३ अर्ब रुपैयाँ रहेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी पनि सभामा दिइएको थियो।