Dhulikhel Eco Banner new

अत्याधिक तरलताका कारण वाणिज्य बैंकले माघमा निक्षेप ब्याजदर पुनः घटाए, हेर्नुस् कुन बैंकको कति ?

4.95K
shares

काठमाडौं, ३० पुस । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएको र कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेपछि वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर पुनः घटाएका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले घट्दै ४.६८४५ प्रतिशतमा सीमित भएको छ। पुसमा यो दर ४.८३४ प्रतिशत थियो।

माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतसम्म मात्रै कायम गरिएको छ। अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन् र एक बैंकले सामान्य वृद्धि गरेको छ।

निक्षेपको ब्याजदर ओरालो लाग्दा बैंकहरूको आधार दर घट्ने र त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा पर्ने देखिन्छ। पर्याप्त लगानीयोग्य रकम हुँदाहुँदै कर्जा विस्तार हुन नसक्नु नै ब्याजदर घट्नुको मुख्य कारण बनेको छ।

यसैबीच, तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बोन्ड तथा स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट अतिरिक्त रकम खिच्दै आएको छ।

हेर्नुस् कुन बैंकको कति:

बैंक पुसको ब्याजदर (प्रतिशतमा) माघको ब्याजदर(प्रतिशतमा)
ग्लोबल आईएमई ५.५ ५.५
नेपाल ५.१ ५.१
हिमालयन ५.५
इन्भेस्टमेन्ट मेगा
एनआईसी एसिया
एनएमबी
राष्ट्रिय वाणिज्य
सिद्धार्थ ४.५५
सानिमा ४.७५ ४.५५
प्रभु ४.५५ ४.५५
नबिल ४.५५ ४.५५
माछापुच्छ्रे ४.५
लक्ष्मी सनराइज ४.७५ ४.५
सिटिजन्स ४.७५ ४.५
कृषि विकास ४.५५ ४.४
एभरेस्ट ४.७५ ४.४
नेपाल एसबीआई ४.५५ ४.४
प्राइम कमर्सियल ४.२५ ४.४
कुमारी ४.५३ ४.४३
स्टान्डर्ड चार्टर्ड ४.६ ४.३६