Dhulikhel Eco Banner new

नेपाल एसबीआई बैंक लुटपाटमा संलग्न चारजना पक्राउ, करोडौं रुपैयाँ बरामद

5.42K
shares

काठमाडौं, ३० पुस । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकमा मंगलबार राति भएको लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन्। उनीहरू जंगलतर्फ भागेका थिए, तर प्रहरीले छिट्टै खोजी गरी नियन्त्रणमा लिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

एसपी सुवेदीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ। लुटपाटमा प्रयोग भएको सुमो जीप (बीएडी ०३९८) र यसको चालक भवत सिंह थापालाई पनि नियन्त्रणमा लिइसकिएको छ। प्रहरीले जीप बनेपाबाट रिजर्भ गरी प्रयोग भएको पुष्टि गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, पाँच–छ जनाको समूहले बैंकमा लुटपाट गर्दा सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिइ खुकुरी प्रहार गरेको थियो। कार्की सामान्य घाइते भएका छन्। लुटेराहरूले बैंकका अन्य कर्मचारीलाई पनि नियन्त्रणमा लिएर रकम हडप गरेका थिए।

लुटपाटमा करिब ३ करोड १० लाख रुपैयाँ चोरी भएको भए पनि, प्रहरीले अनुसन्धानको क्रममा १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ।