Dhulikhel Eco Banner new

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

2.87K
shares

काठमाडौं, २० माघ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत गरेको हो ।

शेरचनको राजीनामा स्वीकृत भएसँगै हाल बैंकको कामु सीईओको जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । यसअघि गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।