Dhulikhel Eco Banner new

हिमालयन बैंक: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ्ने

सेयरको तरलता बढाउने सम्भावना

2.67K
shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको हो।

बैंकका अनुसार २०८२ साल चैत १५ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। हाल कायम रहेको पूँजी संरचनाको आधारमा १० प्रतिशत संस्थापक सेयरलाई रूपान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।

यस सम्बन्धमा बैंकले नेपाल स्टक एक्सचेञ्जलाई पत्रमार्फत जानकारी गराउँदै प्रक्रिया पूरा भएपछि सम्बन्धित नियामक निकायको स्वीकृति लिएर मात्रै रूपान्तरण कार्य सम्पन्न गरिने स्पष्ट पारेको छ।

संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णयले बैंकको सेयर संरचनामा परिवर्तन आउने अपेक्षा गरिएको छ। यसले बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गर्ने र सेयरको तरलता बढाउने सम्भावना रहेको जानकारहरू बताउँछन्।

बैंकले नियामक निकायको स्वीकृतिपछि मात्र अन्तिम कार्यान्वयन गरिने जनाएको छ। यस निर्णयले आगामी दिनमा बैंकको सेयर कारोबार र लगानीकर्ताको चासोमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।