शेयर लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल
वि.सं.२०८२ चैत २२ आइतवार १६:०५
6.45K
shares
shares

काठमाडौं, २२ चैत । प्रहदर्शनका लागि सिंहदरबार गेटतिर जादै गरेका शेयर लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ । सिंहदरबारको दक्षिणगेट अगाडि धकेलाधकेल भएको हो ।

शेयर बजार लगातार घट्न थालेपछि शेयर लगानीकर्ताका अगुवा तिलक कोइराला, विकास श्रेष्ठसहितको समूह दक्षिणगेट पुगेको थियो ।

शेयर लगानीकर्ताहरुलाई अघि बढ्न प्रहरीले अवरोध गरेको छ । अवरोध पछि लगानीकर्ताहरु आयल निगम अगाडि गएर विरोध प्रदर्शन गरिरहेका छन् ।


















