Dhulikhel Eco Banner new

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरबदल, गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा

2.07K
shares

काठमाडौं, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा नेपालको संविधानको धारा ७६(९) अनुसार मन्त्रीपरिषद्को मर्यादाक्रम फेरबदल गरेका छन्।

नयाँ मर्यादाक्रम अनुसार डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमै यथावत् रहेका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा रहेका छन्।

यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा झरेका छन् भने त्यसपछि सुनिल लम्साल, सोविता गौतम, सीता बादी र प्रतिभा रावल क्रमशः रहेका छन्।

यसैगरी निशा मेहता, सस्मित पोखरेल, खडक राज पौडेल, विक्रम तिमिल्सिना, गीता चौधरी र दीपक कुमार साह क्रमशः मर्यादाक्रममा समावेश रहेका छन्।