Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको भन्सार करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय

2.12K
shares

काठमाडौं, २४ चैत । सरकारले पेट्रोलियम पदार्थको बढ्दो महँगीलाई मध्यनजर गर्दै आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा आधा छुट दिने निर्णय गरेको हो।

सरकारको यो निर्णयले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धन मूल्यका कारण आन्तरिक बजारमा परेको चापलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। उपभोक्तालाई राहत दिन र बजार मूल्य नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।