Dhulikhel Eco Banner new

दुबई जान लागेका नेपालीको पासपोर्टमा रोजगारी निषेध लेख्ने दुई अधिकृतलाइ जिम्मेवारीबाट हटाइयो

1.04K
shares

काठमाडौं, ७ वैशाख । यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई अधिकृतलाई कारबाही गरेको छ। प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको ठहर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीबाट हटाइएको हो।

विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका यात्रुहरूको पासपोर्टमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा उल्लेख गरिएको पाइएपछि यो विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले वैशाख ३ गते छानबिन समिति गठन गरी घटनाको अनुसन्धान सुरु गरेको थियो।

अध्यागमन विभागका अनुसार नीतिगत व्यवस्थाभन्दा बाहिर गएर यस्तो कार्य गर्ने अधिकृतहरूलाई तत्काल हटाइएको छ भने उनीहरूमाथि थप छानबिन जारी रहेको छ। सम्बन्धित व्यक्तिको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।