बैंकिङ कसुर मुद्दाका फरार मकवानपुरका दपेन देउला पक्राउ
वि.सं.२०८३ वैशाख ९ बुधवार १३:०२
1.14K
shares
shares

काठमाडौं, ९ वैशाख । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका दपेन देउला रहेका छन्।
देउलामाथि अदालतले २ दिन कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका देउलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर मा पेश गरिएको प्रहरीले जनाएको छ।



















