Dhulikhel Eco Banner new

सर्वोच्चले भन्यो– समाचार लेखेकै भरमा थुन्न मिल्दैन

676
shares

काठमाडौं,२ भदौ । सर्वोच्च अदालतले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न वा थुन्न नमिल्ने फैसला गरेको छ । जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।

यो फैसलासँगै अब नयाँ नजिकर समेत बनेको छ । समाचार लेखेकै विषयलाई फौजदारी कसुर जस्तो गरी पक्राउ गरी प्रहरीले अब पत्रकारलाई थुन्न नपाउने भएको छ ।