Dhulikhel Eco Banner new

प्रहरीले पत्रकारका सञ्चार सामाग्री जपथ गर्न नपाउने

650
shares

काठमाडौं, २ भदौ । प्रहरीले अब सञ्चार सामाग्री जपथ गर्न नपाउने भएको छ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको घर तथा अफिसबाट प्रहरीले छापा मारेर कम्प्युटर तथा अन्य उपकरण जपथ गरेको थियो ।

श्रेष्ठको मुद्दामा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले सञ्चार उपकरण जपथ गर्न नमिल्ने बताएको हो । ५ दिन अघि पक्रा परेका श्रेष्ठलाई रिहा गर्न आदेश दिदै सर्वोच्चले जपथ गरिएका सामाग्री पनि फिर्ता गर्न परमादेश दिएको छ ।