Dhulikhel Eco Banner new

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

4.32K
shares

काठमाडौं, २ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने संसद्को आजको कार्यसूची रहेको छ । नागरिकता, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ ।