राजा फर्काउन शाही युवा शक्ति नेपालले नारायणहिटीमा भदौ १५ गने धर्ना दिने
वि.सं.२०७९ भदौ ८ बुधवार १४:५२
shares

काठमाडौं, ८ भदौ । राजसस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत धर्ना कार्यक्रम गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसस्था पुनःस्थापनाको लागि आगामी भदौ १५ गते बृहत धर्ना कार्यक्रम गर्ने बताएका हुन् । उनले भने,‘पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरेका छौं ।’
जनताहरु पहिला जस्तो गणतन्त्रमा अहिले खुशी नभएको उनले दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । देशभरको कुल जनसंख्या मध्ये राजसंस्थामा आस्था राख्नेहरु ३० लाख भएको उल्लेख गर्दै उनले न्युटल जनताले राजसंस्था वा दलको कसैको पक्ष नलिएको बताए ।
न्युटल जनताको मोह राजसंस्थामा भएपनि मुख नखोलको उनको भनाई थियो । राष्ट्र र मातृभूमिको लागि राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा चढाउन बृहत धर्ना कार्यक्रमको आयोजना गर्न लागेको भन्दै उनले सम्पुर्ण उपत्यकावासीलाई सहभागी हुन आग्रह गरे ।
ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कन्जुस्याई गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘कुनै पनि हालतमा राजा ज्ञानेन्द्रलाई सिंहासनमा राख्नु पर्छ । नेपाली जनता भएर बाच्ने हो भने, राष्ट्रियता बचाउने हो भने नेपालीले कुनै पनि हालतमा राजसंस्था फर्काउनु पर्छ । नेपाली जनताले नेपाली भनेर महसुस गर्ने हो भने राजसंस्था चाहियो नी ।’
नाराहिटी दरबारमा राजा नहुँदा देशमा दशा लागेको समेत उनले बताए । उनले भने,‘नाराहिटी खण्डहर भएको छ, त्यो नाराहिटी शुन्य भएको अवस्था छ, आज देश अभिभावक विहिन भएको छ । ज्ञानेन्द्रलाई नाराहिटीमा भित्राउ भनेर धर्ना कार्यक्रम गरेका छौ ।’
उनले राष्ट्रका लागि राजसंस्था आवश्यक भएको दाबी गरे । राजसंस्था पुनःस्थापनको लागि अब जनता सडकमा आउनै पर्ने उनको भनाई थियो । खड्काले बिशाल धर्ना कार्यक्रम गरेर दलाल र भ्रष्टचारीहरुबाट देशलाई मुक्त बनाउनुपर्नेमा जोड दिए । उनले अहिले राजनीतिक दलहरुले जनतालाई विभिन्न माध्यमबाट शोषण गर्दै आइरहेको समेत टिप्पणी गरे ।


















