Dhulikhel Eco Banner new

आशा लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने

3.76K
shares

काठमाडौं, ३ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि अर्थात मंगलबारबाट संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक तर्फको ३ लाख कित्ता शेयर बिक्री गर्दै छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर बिक्री गर्ने भएको हो ।

यो शेयरको न्यूनतम मूल्य ३९५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते बिहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ । यो शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।