Dhulikhel Eco Banner new

अहिले बैंकहरुमात्रै नाफामा रहेका छन् : अध्यक्ष गोल्छा

5.01K
shares

काठमाडौं, २ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बैंकिङ क्षेत्रबाहेक सबै क्षेत्र कठिन अवस्थामा रहेको बताएका छन् । महासंघले आयोजना गरेको तिहार, छट तथा नेपाल सम्बतको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

कोभिड लगायत विभिन्न कारण र तरलता लगायतका समस्याका कारण बैंक बाहेकका क्षेत्र कठिन अवस्थाबाट ग्रुजिरहेको उनले बताए । उद्योगी मात्र नभएर सबै क्षेत्र अहिले सस्यामा परेको उनको भनाइ छ । अहिलेको समस्या लामो समयसम्म नहरने भन्दै अहिलेको अवस्थाले व्यवसाय गर्नका लागि निकै चुनौति रहेको गोल्छाले बताए ।

‘अहिले सोधानान्तर घाटा बढेको अवस्था छ, विदेशी मुद्राको संचिति घट्नु, ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ यो भन्दा ठूलो समस्या निजी क्षेत्रका लागि के हुन्छ,’ उनले भने । राजश्व संकलन समेत घट्दै गएको अवस्थामा सरकारको चालु खर्च चलाउन समेत कठिन हुने उनको भनाइ छ । पछिल्लो सयम राजश्व संकलनमा १९ प्रतिशतले कमी आएको छ ।

अहिले गार्मेट उद्योगमा ७० प्रतिशत र निमार्ण व्यवसायमा ६० प्रतिशतसम्म गिरावट आएको उनले जानकारी दिए । यतिमात्रै होइन अहिले अटोमोबाइल, नजरल इन्स्योरेन्स लगायतका क्षेत्रमा समस्या छ । जुत्ता उद्योगको अवस्था पनि उस्तै रहेको अध्यक्ष गोल्छाको भनाइ छ ।

महासंघको वर्तमान नेतृत्व कोभिडको असहज परिस्थितिमा आएपनि धेरै काम गरेको दाबी गरेका गोल्छाले कोभिडको महामारीको समयमा पनि भिजन पेपर सार्वजनिक गरी महासंघको लक्ष्य स्पष्ट पारेको बताए ।