कुमारी बैंकमा मुद्धती खाता खोल्दा निःशुल्क जीवन बीमा
वि.सं.२०७९ कात्तिक ८ मंगलवार १२:०२
shares

काठमाडौं, ८ कात्तिक । कुमारी बैंकले सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्युतम ५० हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ ।
मुद्दती निक्षेप तथा जीवन बीमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् ।

















