Dhulikhel Eco Banner new

जाल्पा सामुदायिक लघुवित्तले गर्यो ७६ प्रतिशत लाभांश दिने घोषणा

4.6K
shares

काठमाडौं, २० कात्तिक । जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी १६ करोडको ७३ प्रतिशतले हुन आउने रकम ११ करोड ६८ लाख बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ चुक्ता पुँजीको ३.८४२१ प्रतिशतले हुने आउने ६१ लाख ४७ हजार ३ सय ६८ रुपैंया ४२ पैसा बराबरको नगद लाभांश गरि कुल ७६.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।