GBIME

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा

1.26K
shares

काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।