Dhulikhel Eco Banner new

यी हुन् आज सबैभन्दा बढी कारोबार भएका कम्पनी

3.81K
shares

काठमाडौं, ३० कात्तिक । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ४० अंकले बढेर १,९११ दशमलव २६ को विन्दुमा कायम भएको छ ।

आज ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सशवम् सिमेन्टको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत शेयर मूल्य बढेको छ ।

त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले दुई दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।