GBIME

आइएमई पे र मेरो किरानावीच सम्झौता

1.12K
shares

काठमाडौं, ८ मंसिर । आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० सम्मको छुट पाउन सक्नेछन् ।

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबन्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन ।