Dhulikhel Eco Banner new

काठमाडौँ–५ प्रदेश (२) मा कांग्रेसका खड्का निर्वाचित

3.87K
shares

काठमाडौं, ८ मंसिर । काठमाडौँ क्षेत्र नं ५ को प्रदेश २० मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिए ।

निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । पराजित निरौला नेकपा एमाले काठमाडौँका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य छन्।