Mangaldeep Aagarbatti
GBIME

नेत्रज्योति संघद्धारा नेपालगञ्जमा २ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच

1.16K
shares

काठमाडौं, १६ माघ । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगञ्ज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो ।

फुलटेक्रा माध्यामिक बिद्यालयका ४०० जना, महेन्द्र माध्यामिक बिद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।

आँखा जाँच गरिएका बिद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।

बिद्यालय पढ्ने विद्यार्थीकोहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा बिद्यार्थिहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100