GBIME

शेयर बजारमा भारी गिरावट, परिसुचक २१२७ को विन्दुमा

1.16K
shares

काठमाडौं, १६ माघ । साताको दोस्रो कारोबारको दिन नेप्से दिन परिसुचक ४१ अंकले घटेको छ । हिजो सामान्य अंकले घटेको शेयर बजार आज भने भारी अंकले घटेको हो ।

सोमबार नेप्से परिसुचक १ दशमलव ८९ प्रतिशतले घटेर २१२७ दशमलव ५२ को विन्दुमा झरेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका ५७ हजार १ सय २६ कारोबारबाट २५६ कम्पनीका ८८ लाख ३६ लाख ४ सय ८८ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५ पुगेको छ ।