Dhulikhel Eco Banner new

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्ध उजुरी

5.66K
shares

काठमाडौं, १७ माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ ।

शेरचनलाई तेस्रो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रभु बैंकको सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने माग गर्दै राष्ट्र बैंकमा उजुरी परेको हो ।

शेरचनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सञ्चालक समितिको निर्णय बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ विपरित रहेको दाबी गर्दै बैंकका एक सेयरधनीले राष्ट्र बैंकमा उजुरी गरेका हुन् ।

प्रभु बैंकको २८२ औं सञ्चालक समितिको बैठकले माघ १५ गतेबाट लागू हुने गरी शेरचनलाई तेस्रोपटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा परेको उजुरी दर्ता गर्दै छानबिनको प्रक्रिया शुरु भएको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ (२) मा २ कार्यकाल पूूरा गरिसकेको व्यक्ति तेश्रो पटक प्रमुख कार्यकारी अधिकृत हुन नमिल्ने व्यवस्था भएकाले शेरचनको नियुक्ति बदर हुनु पर्ने निवेदकको माग छ ।