GBIME

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

8.26K
shares

काठमाडौं, २३ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो । सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि पहिलो चरण अन्तर्गत मङ्सिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरेको थियो ।