GBIME

सिवाईसी लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो

930
shares

काठमाडौं, २३ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले रू. २ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको हो ।

यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको हो ।

खराब कर्जा संकलन पनि गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष रू. २ करोड ८० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब कर्जा संकलन गर्न सकेको छैन् । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ३९ दशमलव २८ प्रतिशत कम रू. ३ करोड ९० लाख भएको छ ।

हाल कम्पनीको चुक्तापूँँजी रू. १२ करोड १६ लाख ४१ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ७४ लाखभन्दा बढी छ । कम्पनीले दोस्रो त्रैमासम्म रू. १ अर्ब ७७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको निक्षेप करीब ४२ प्रतिशत र कर्जा प्रवाह करिब ४५ प्रतिशत बढी भएको छ ।

कम्पनीले यस वर्ष रू. १ अर्ब ५७ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३३३ दशमलव ४३ छ ।