GBIME

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.11K
shares

काठमाडौँ, २३ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ ।

अधिल्लो दिन प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भएको उक्त सुनको मूल्य आज १ लाख ४ हजार ६ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रू १ लाख ३ हजार ६ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु १ हजार ३ सय २० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।