चन्द्रागिरी हिल्सले दोस्रो त्रैमासमा कमायो ५ करोडभन्दा बढी नाफा
वि.सं.२०७९ माघ २७ शुक्रवार १०:२४
shares

काठमाडौं, २७ माघ । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार हिल्सले चालु आर्थिक वर्षको दा्स्रो त्रैमाससम्म रू. ५ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष खुद नाफा गर्न सफल भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी ४१ प्रतिशत बढी भएकाले खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष रू. २८ करोड ९२ लाखभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४० करोड ८२ लाखभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको हो । गत वर्ष रू. ७ करोड ९२ लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. ११ करोड १ लाखभन्दा बढी खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ भने जगेडा कोष रकम रू. ३४ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७१ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७७ दशमलव ६४ रहेको छ ।


















