नेप्सेले गर्यो दुई कम्पनीको शेयर मूल्य समायोजन
वि.सं.२०७९ फागुन १ सोमवार १५:२८
shares

काठमाडौं, १ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।
यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेकाले आइतवार अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
फागुन १ गते सार्वजनिक विदाका कारण आइतवार अर्थात माघ २९ गते सम्म कायम शेयरधनीले यी दुई कम्पनीको लाभांश र साधारण सभामा भाग लिन योग्य छन् ।
इन्फिनिटी लघुवित्तकोे २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.८३१ दशमलव ६७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.८३४ दशमलव ४५ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९३ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।



















