Dhulikhel Eco Banner new

सिभिल लघुवित्तको साधारणसभा फागुन २९ गते, के–के छन् प्रस्ताव ?

3.67K
shares

काठमाडौं, १ फागुन । सिभिल लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २९ गते त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।