सयपत्री हाइड्रोपावरको नाफा ४१ प्रतिशतले घट्यो
वि.सं.२०७९ फागुन २ मंगलवार १२:३२
shares

काठमाडौं, २ फागुन । सयपत्री हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशत घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ४४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ४२ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा घटेको हो ।
गत आवमा कम्पनीको वित्तीय खर्च रू. १ करोड ४५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ५८ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीले रू. ४ करोड ७७ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ४ करोड १२ लाखमा सिमित भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३० करोड रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ करोड ४२ लाख सञ्चिती गरेको छ ।
प्रतिशेयर आम्दानी रू.४ दशमलव ७४(वार्षिक) ,मूल्य आम्दानी अनुपात २१ गुणा, तरलता अनुपात २ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ३० रहेको छ ।



















