Dhulikhel Eco Banner new

बजार घट्दा यी हुन् टपटेन कारोबार भएका कम्पनी

4.17K
shares

काठमाडौं, २ फागुन । साताको दोस्रो कारोबरको दिन नेप्से परिसुचक १६ दशमलव ४० अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ७७ प्रतिशतले घटेर २१०५ दशमलव ४६ को विन्दुमा रोकिएको छ ।

आज दिनभर भएका ३६ हजार ८ सय ४० कारोबारबाट २५५ कम्पनीका ४६ लाख ८५ हजार ८ सय ९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ पुगेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ङादी ग्रुप पावर कम्पनीको ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।