Dhulikhel Eco Banner new

सरुवा भइसकेका त्रियुगाका प्रशासकीय अधिकृतको मनपरी

25.19K
shares

काठमाडौं, १७ फागुन । त्रियुगा नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनको गत २७ माघमा सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय वा माताहतमा काम गर्ने गरी सरुवा गरेको थियो ।

तर, उनी सरुवा भएको ठाउँमा गएनन् । मन्त्रालयको निर्णय नमानेर अटेर गरी उनी त्रियुगा नगरपालिकामा नै बहाल छन् । यतिसम्मकी मन्त्रालयले उनलाई फागुन ३ गते पनि सरुवा हुन ताकेता पत्र पठाउदा समेत टेरेका छैनन् ।

बोरु उनले नगरपालिकाका कर्मचारीहरुलाई हप्कीदप्की गर्नेदेखि मनपरी रुपमा सरुवा गरेका छन् । उनले एक अधिकृतलाई वडा सचिवको रुपमा काम काज गर्न जानु भन्दै पत्र लेखेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत वनको सरुवा भएपछि मन्त्रालयले अर्का अधिकृतलाई कामू प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो । आफू सरुवा भएर ठाउँमा नगएका वनले नयाँ सरुवा भएर आउन लागेका कर्मचारीलाई समेत नआउन धम्की दिएका छन् ।

केटिएम भ्वाइसका सम्पर्कमा आएका मान बहादुर वनले आफु सरुवा भएको ठाउँमा नगएको स्वीकारेका छन् । नगरपालिकाका मेयर बसन्त बस्नेतसँग मिलेर नगरभित्र हालिमुहाली चलाएका वन अहिले पनि आफूलाई मेयर र उपमेयरको साथ रहेको बताए । उनले भने, ‘मलाई यहाँ बस्ने कुनै रहर होइन, मलाई मेयर उपमेयरले अर्को मान्छे नआउँदासम्म कार्य भार तपाईंले नै सम्हाल्नुपर्छ भनेका छन् ।’

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले पनि प्रमुख प्रशासकीय अधिकृत सरुवा नगएर बसेको बताए । मानबहादुर सरुवा भएर पनि जान नमानेका कारण नयाँ प्रशासकीय अधिकृत आउन नपाएको उनले बताए ।