Dhulikhel Eco Banner new

घट्यो अमेरिकी डलरको मूल्य, हेर्नोस् कुन देशको मुद्राको दर कति छ ?

4.47K
shares

काठमाडौं । अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा आइतबार घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ ।

यसैगरी आयतबार बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।