राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै
वि.सं.२०८० जेठ ७ आइतवार १०:२०
shares

काठमाडौं, ७ जेठ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतवार दिउँसो १ बजे बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सभाको बैठक बस्दै छ ।
संसद सचिवायलयका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ । बैठकमा सहभागि सांसदले सरकारबाट जारी नीति तथा कार्याक्रमको सन्दर्भमा आ–आफ्ना मत राख्ने छन् । आजै प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा पनि सरकारको नीति तथा कार्यक्रमकै सन्दर्भमा छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सम्माननीय राष्ट्रपति महोदयले ०८० जेठ ५ गेत शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आव ०८०–८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्याक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
सोही प्रस्ताव उपर संसदमा छलफल हुनेछ ।



















