Dhulikhel Eco Banner new

एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममा आज टिप्पणी गर्ने

3.93K
shares

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सन्दर्भमा आज संसदमा टिप्पणी गर्ने भएका छन् ।

सरकारले शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । एमाले सरकारले नीति तथा कार्यक्रमले मुलुकको समस्या समेट्न नसकेको भन्दै टिप्पणी गर्दै आएको छ । सँगै सरकारको नीति तथा कार्यक्रम पास गर्न नदिने धारणामा पनि एमाले सार्वजनिक गर्दै आएको छ । सोही सन्दर्भमा रहेर एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सन्दर्भमा टिप्पणी गर्न लागेका हुन् ।

सरकारको नीति तथा कार्यक्रमा साझा धारणा बनाउन एमालेले शनिबार संसदीय दलको बैठक राखेको थियो । उक्त बैठकमा अध्यक्ष ओलीले मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा भएको टिप्पणी गरेका थिए । नीति तथा कार्यक्रम स्वीकार योग्य नभएको बताउँदै अध्यक्ष ओलीले फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको बिषय भएको बताएका थिए ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सम्माननीय राष्ट्रपति महोदयले ०८० जेठ ५ गेत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आव ०८०–८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्याक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । सोही प्रस्ताव उपर संसदमा छलफल हुनेछ ।