नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको बयान(पूर्ण पाठसहित)
वि.सं.२०८० जेठ १० बुधवार १०:५४
shares

काठमाडौं, १० जेठ । प्रतिवादीहरू मध्ये केशव प्रसाद दुलालसँग मात्र मेरो चिनजान छ, निज बाहेक अन्य प्रतिवादीहरूसँग मेरो चिनजान छैन, प्रतिवादी केशव प्रशाद दुलालसँग म आफु गृह मन्त्रालयमा कार्यरत रहँदाको अवस्थामा चिनजान भएको हो । म मिति २०७८ साल श्रावण २७ गते देखि मिति २०७९ भाद्र मसान्तसम्म कार्यरत रहेको हुँ ।
प्रतिबेदन मेरो कार्यकालमा तयार भएको होईन । मुख्य सचिवज्यूको हस्ताक्षरित नेपाल सरकारको निर्णय मेरो कार्यकाल भन्दा पूर्वको हो, मेरो कार्यकालमा थप परिचय पत्र वितरणको (वास्तविक भुटानी शरणार्थीका सन्तान बाहेक) मन्त्रालय र नेपाल सरकारको तहबाट कुनै निर्णय भएको छैन, पेश भएका परिचय पत्रको सत्यताको विषयमा सम्बन्धित शरणार्थी ईकाई र जिल्ला प्रशासन कार्यालय झापालाई बुझ्नु पर्ने हुन्छ म कार्यरत रहँदाको समयमा परिचय पत्रहरु वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानिय प्रशासन शाखाले गर्दछ ।
मेरो कार्यकाल भन्दा पूर्व नै प्रतिवेदन तयार भएको र प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिहरुको नामावली समावेश भएको सो नाममा सम्पूर्ण लेनदेनको कार्य त्यही समयमा भएको देखिन्छ । मेरो कार्यकालमा गैर भुटानी शरणार्थीलाई शरणार्थी पहिचान दिने गरी कुनै काम कारवाही भएको छैन, साथै भुटानी शरणार्थीको तेश्रो देश स्थानान्तरण नहुने र शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन मिति २०७८ र २०७९ मा यूएनएचसिआर शरणार्थी ईकाई झापा र जिल्ला प्रशासन कार्यालय झापाबाट सूचना तथा विज्ञप्ति जारी भएको थियो ।
यस अवस्थामा शरणार्थीको नाममा लेनदेन गर्नु मेरो कल्पना र आचरण विपरितको कार्य भएकोले सो कार्य म बाट भएको छैन । यस विषयमा तत्कालिन अवधिका सम्बन्धित विषयका कागजात र प्रतिवेदनबाट स्पष्ट हुन्छ। शरणार्थीको सम्बन्धमा मानविय रुपमा समाधान गर्नु पर्ने विषयमा मेरो कार्यकालमा नेपाल सरकारबाट भुटानी शरणार्थीलाई उपलब्ध गराउने मानवीय सहायताको सम्बन्धमा निर्णय भएको छ ।
गृह मन्त्रालयबाट भुटानी शरणार्थी र प्रतिवेदनको फिल्डको अबस्था सम्बन्धमा वास्तविकता पेश गर्न मिति २०७८ सालमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक सि.डि.ओ. को संयोजकत्वमा समिति गठन भई उक्त समितिले काम गरी रहेको अवस्था थियो । शरणार्थी र प्रतिवेदनमा भएका व्यक्तिहरुको शरणार्थी सिविर सँगको सम्बन्ध र वास्तविकता सो समितिबाट बुझ्न सकिन्छ । मेरो कार्यकालमा भुटानी शरणार्थीको नाममा विदेश पठाउने चलखेल जवाफ १६ को सन्दर्भबाट रोक लागेको हो ।
उक्त कार्यमा रोक लागे पछी भुटानी शरणार्थीको नाममा पैसा उठाईएका पैसा दिने व्यक्तिहरूले पैसा फिर्ता माग गरे पछि प्रतिशोधस्वयमलाई गरेको हो आरोपमा कुनै सत्यता छैन उभिएको कानुन आउनेमध्ये संग आवश्यक सूचना गर्ने र सोको आधारमा निर्णय गर्न वा धनको उपयोग गर्न आधारमा भुटानी शरणार्थीको लामो देखी चली आएको विषयलाई एउटा गीमा पाउन निर्णय प्रकृयाको लागी उपयोग गरिएको छ ।
गृह मन्त्रालय राजनितिक प्रकृतिको जनसम्पर्क मन्त्रालय रहेको छ । सम्पर्कमा आउने व्यक्तिलाई राजनितिक रुपमा व्यक्तिगत रूपमा सुरक्षा तथा प्रकृयाबाट सम्पर्क गर्ने तथा सूचना अनुसन्धानबाट सम्पर्क भएको प्राप्त सूचना र सम्पर्कको राजनितिक केतुत्वलाई समय–समयमा जानकारी गराउने गरेको थिए । प्राप्त सूचना समेतको आधारमा भुटानी शरणार्थीको समस्या मार्ग को विकृतिजन्य अवस्थाको अन्त्य गर्न नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक निर्णय भएको थियो ।
निजसँग नजिकको उदेश्यले सम्पर्क स्थापित गरिएको थिएन । म त असोजमा दिल्लीमा उपचारको लागी गएको थिए । उपचारको लागी जाँ जाँदा मोबाईल बिग्रीएकाले बनाउन लगाएको थिए । बनाउने क्रममा मोवाईलमा भएको डाटाहरू उडेकोे हुन सक्छ, यसमा मेरो कुनै बदनियत छैन । सूचना संकलन को क्रममा उक्त कुराकानी भएको हो ।
उक्त सूचना प्राप्त भए पछी एयरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसंग एयरपोर्टबाट तस्करीको लागी दलालहरूले यसरी प्रयास गरी रहेका छन, सो गर्नको लागी कदम चाल्न एकोहोरो निर्देशन सबैभन्दा प्रभावकारी रूपमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।
वदनियतः राखी आर्थिक लेनदेनको लागी कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिए जस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन । मेरो कार्यकालमा कसैलाई शरणार्थी बनाउने र परिचय पत्र वितरण गर्ने काम भएको थिएन, निज प्रतिवादीलाई शरणार्थी बनाउने आश्वासन पनि दिएको थिएन र सो वापत प्रतिवादीले भने जस्तै रकम लेनदेन हुने कुरै भएन ।
हालसम्म मेरो पि.एस.ओ. तथा ड्राईभरको रूपमा कामती थरको कुनै प्रहरी कर्मचारी खटिएको अवस्था छैन । साथै निजले भने जस्तो रकम लिएको र फोनबाट जवाफ दिएको छैन । भुटानी शरणार्थी समस्याका विषयमा मेरो स्पष्ट बुझाई छ ।
जुन उद्देश्य र प्रयोजनका लागी समिति गठन र प्रतिवेदन तयारी भयो, त्यसले समस्यालाई सुल्झाउने भन्दा विकृति सृजना गरेको मेरो कार्यकालमा सूचना प्राप्त भयो । प्रतिवादी लगायतलाई सोही विषयको सूचना संकलनको लागी उपयोग गरिएको हो । प्रतिवेदन र त्यसबाट सृजित परिस्थितिलाई मेरो मन्त्रालयको टिमले सशंकित र सचेत रुपमा विश्लेषण गरेका थियौं ।
प्रतिवेदनमा उल्लेखित व्यक्तिहरुको शरणार्थी सिविर र शरणार्थी संगको सम्बन्धको विषयमा यथार्थ विश्लेषण गर्नु आवश्यक थियो, त्यसको लागी सो विषयमा नेपाल सरकार र मन्त्रालयको तहबाट आवश्यक निर्णय भएको हो ।
शरणार्थी समस्याको विकृतिमा संलग्न मानिसहरुसंग जोडिएर उनिहरुको लोभ लालचमा पर्ने भन्ने मेरो कल्पना र आचरण बाहिरको विषय हो । त्यसमा म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन । अवैध कृयाकलापमा संलग्न व्यक्तिहरुको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानूनको दायरामा ल्याउन तत्कालिन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षक संग छलफल तथा निर्देशन भएको थियो । मैले पदिय जिम्मेवारी दायित्व र आचरण अनुसार आफ्नो भूमिका निर्वाह गरेको छु ।
अवान्छित गतिविधिमा मेरो कुनै संलग्नता छैन । शरणार्थीको सम्बन्धमा जे–जति विषयहरु उठान भए र मुद्धाहरु जित भए ती सबै प्रतिवेदन तयारीको लागी समिति गठन र प्रतिवेदन तयारी बिचको अवधिमा भएको देखिन्छ ।
मेरो कार्यकालमा शरणार्थी समस्याका विषयमा प्राप्त सूचनाका आधारमा तेश्रो देश स्थानान्तरणका नाममा सूचीमा नाम समावेश व्यक्तिहरुलाई अल्झाउने, अल्मल्याउने प्रकृया चली रहेकोमा त्यसको निकास खोज्न आवश्यक निर्णय भई विचल्लीमा परेकाहरुले गुहार माग्ने र अप विचल्लीमा कोही पनि व्यक्ति नपर्ने अवस्थाको सृजना भएको हो ।
मेरो कार्यकालमा शरणार्थीको नाममा व्यक्तिलाई अल्झाउने र नाजायज फाईदा लिने उद्देश्यले कुनै काम भएको छैन भन्ने व्यहोरा प्रतिवादी टेक नारायाण पाण्डेले दिएका छन् ।



















