जड्याँहाले जाँडको तालमा पनि बोल्न नसक्ने कुरा आरोप लगाइयो : केपी ओली
वि.सं.२०८० जेठ १२ शुक्रवार १६:५३
shares
फाइल फोटो
काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, पशुपतिमा सुनको जलहरी चढाएको विषयमा आफूमाथि निराधार आरोप लगाइएको प्रष्टिकरण दिएका छन् ।
नव निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा क्रममा उनले आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने आरोप आफूमाथि लगाइएको भन्दै प्रमाण पेश गर्न चुनौति दिए ।
आफूले जीवनभर भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएको जिकिर गरेका उनले पार्टीमाथि यस्तो प्रकारको आरोप जडियाले जाड खाएको तालमा पनि बोल्न नसक्ने आरोप लगाइएको टिप्पणी गरे ।
उनले भने, ‘ आज संसद अवरुद्ध भईरहेको छ, अस्तिका दिन एकजना माओवादीले कोभिडको औषधीमा २ अर्ब खायो, पशुपतिमा सुनको जलहरी चढाउछु भनेर पित्तलको चढाएर भ्रष्टाचार ग¥र्यो भनेर बोल्यो आज त्यस विषयमा संसद अवरुद्ध छ हुनै पर्छ । किनभने यस्तो बक्वास यो त एउटा जडियाले जाड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिन्दैन् ।’
उनले सम्पूर्ण हिसाबले एमाले तर्फ चौतर्फि रुपमा घेराबन्दि भएको भन्दै भ्रष्टाचारको विरोधी, स्वच्छताको पक्षमा उभिएको एमालेलाई बदनाम गर्न खोजियो टिप्पणी गरेका छन् । ‘आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुराहरु पशुपतिमा सुन भनेर पित्तलको जलारी चढाएर भ्रष्टाचार ग¥र्यो भन्ने यस्तो खालको कुरा संसद जस्तो गरिमामय स्थानमा त्यसको पुष्टि हुनुप¥र्यो । पुष्टि हुने सम्भावना नै छैन्, मैले जसले जिन्दगिभर भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएको छु, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’



















