झापा ईनर्जी लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त
वि.सं.२०८० असार २९ शुक्रवार १६:४६
shares

झापा ईनर्जी लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आज (असार २९) गते शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे । सो कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता श्री कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिती रहेको थियो ।
सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको ६ लाख ६६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।



















