नेप्से परिसुुचकमा सामान्य सुधार
वि.सं.२०७९ जेठ १० मंगलवार १५:२५
5.98K
shares
shares

काठमाडौं, १० जेठ । साताको तेस्रो कारोबारको दिन नेप्सेमा १६ दशमलव ३२ अंकको सामान्य सुुधार भएको छ । मंगलबार नेप्से परिसुुचक शुन्य दशमलव ७४ प्रतिशतले बढेर २२१७ दशमलव १९ बिन्दुमा पुुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६२ अंकले बढेको छ । दिनभर भएका २१ हजार ७ सय ९ कारोबारबाट २ सय २४ कम्पनीका ३१ लाख ७ सय ३० कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४२ पुगेको छ ।
















